नेपाल बहराइनसँग पुन: पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल बहराइनसँग पुन: पराजित

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०८०, बुधबार

    काठमाडौ । फिफा विश्वकप-२०२६ को एसिया छनोटमा नेपाल बहराइनसँग पराजित भएको छ।

    बहराइनमा गएराति भएको दोस्रो लेगको खेलमा नेपाल ३-० गोलले पराजित भएको हो।

    बहराइनको घरेलु मैदानमा नेपालले सातौं मिनेटमै पहिलो गोल खाएको थियो। बहराइनका बकरले सुरूवाती गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।

    त्यसपछि १८ औं मिनेटमा बहराइनले पेनाल्टी पाएको थियो। त्यसलाई हेलालले सदुपयोग गरे।

    ३६ औं मिनेटमा अल अस्वदले गोल गर्दा नेपाल पहिलो हाफमा ३-० गोलले पछि परेको थियो।

    दोस्रो हाफमा दुवै टिमले गोल गर्न नसक्दा नेपाल ३-० गोलले पराजित भएको थियो।

    यसअघि नेपालले चैत ८ गते बहराइनसँग पहिलो लेग खेलेको थियो।

    दशरथ रंगशालामा खेल सञ्चालन हुन नसक्ने एसियाली फुटबल महासंघको निर्णयपछि पहिलो लेगको खेलपनि बहराइनमै भएको थियो।