काठमाडाै । काठमाडौँ उपत्यकासहित तीन प्रदेशमा अहिले वर्षा भइरहेको छ ।अन्य प्रदेशको मौसम आंशिक बदली भएको छ । मौसमविज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बागमती, गण्डकी र कोशी प्रदेशमा वर्षा भइरहेको छ ।
महाशाखाका मौसमविद् शान्ति कँडेलले यी प्रदेशमा आगामी तीन दिनसम्म नै वर्षाको सम्भावना रहेकाे बताइन् । उनले भनिन्, ‘बागमती, कोशी र गण्डकी प्रदेशका सबैजसो ठाउँमा आगामी तीन दिन नै वर्षाको सम्भावना छ, अन्य केही स्थानमा हल्का वर्षा मात्र हुने देखिन्छ । ‘
मौसमविद् कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी तनहुँको बन्दिपुरमा ५७.८ मिलिमिटर वर्षा मापन भएको उनले बताइन् ।