काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा मिलन लिम्बूलाई पार्टीको उम्मेदवार बनाएको छ ।
रास्वपाले बिहीवार विज्ञप्ति जारी गर्दै आगामी उपनिर्वाचनका लागि लिम्बूलाई उम्मेदवार बनाएको घोषणा गरेको हो ।
सञ्चारकर्मी पृष्ठभूमिका लिम्बूले यसअघि स्वतन्त्र रुपमै उम्मेदवारी घोषणा गरेका थिए । अहिले उनलाई रास्वपाले आफ्नो उम्मेदवार घोषणा गरेको छ ।