ऋषिङमा चार करोड लागतमा पक्की पुल निर्माण सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा चार करोड लागतमा पक्की पुल निर्माण सुरु

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८०, शुक्रबार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा दुई वडा जोड्ने पक्की पुल निर्माण सुरु भएको छ । ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउलीखोलामा पक्की मोटरेवल पुल निर्माण सुरु गरिएको हो ।

    गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले पुलको आज शिलान्यास गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

    ऋषिङ गाउँपालिकाको आन्तरिक स्रोतबाट पुल निर्माण गर्न लागिएको हो । रु चार करोड लागत रहेको पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

    पुल नहुँदा यस भेगका जनतालाई आवतजावतमा समस्या हुँदै आएकाले पुल निर्माणको काम अगाडि बढाइएको ऋषिङ गाउँपालिका–३ का अध्यक्ष भीमबहादुर थापाले जानकारी दिए । उनले भने, “यहाँ पुल नहुँदा जनताले दुःख पाइरहेका छन्, पुल बनेपछि आवतजावतसँगै गाउँमा उत्पादित कृषि सामग्री बजारीकरणमा सहयोग पुग्नेछ ।”