तनहुँमा बसमा कार ठोक्किदा तीन घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा बसमा कार ठोक्किदा तीन घाइते

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०८०, शनिबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा रोकिराखेको बसमा कार ठोक्किदा शनिबार तीन जना घाइते भएका छन् ।

    पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना ५ ख ५३५९ नम्बरको बसमा सोही दिशाबाट आउँदै गरेको बागमती बिएसी ५७४० नम्बरको कार ठोक्किदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते हुनेहरुमा कार चालक कास्कीको पोखरा महानगरपालिका–२५ बस्ने ३१ वर्षीय विकास त्रिपाठी, पोखरा महानगरपालिका–१६ बस्ने ३२ वर्षीय विकास बानियाँ र पोखरा महानगरपालिका–१९ वर्षीय ३१ वर्षीय सञ्जिव भण्डारी रहेका छन् ।

    घाइतेहरुको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।