कास्कीमा जीप दुर्घटनामा दुईको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीमा जीप दुर्घटनामा दुईको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८०, आईतवार

    पोखरा । कास्कीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। पोखरा महानगरपालिका– १ हरिचोकबाट अन्नपूर्ण गाउँपालिका– ४ भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप वडा नम्बर ४ स्थित सल्लाघारीमा सडकबाट करिव दुई सय मिटर तल खसेको हो।

    मृत्यु हुनेहरुमा पोखरा– २३ पामे बस्ने ५५ वर्षका लक्ष्मण सुनार र ५२ वर्षका जयराम सुनार रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्यबहादुर रानामगरले जानकारी दिए। 

    दुर्घटनाको खबर पाएसँगै वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरिक्षक बोधराज रेग्मीको कमाण्डमा पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो। रेग्मीका अनुसार घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको छ। अन्य विवरण आउन बाँकी छ।