पेट्रोलको मूल्य चार रुपैयॉ बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पेट्रोलको मूल्य चार रुपैयॉ बढ्यो

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८०, आईतवार

    काठमाडौँ। पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको हो । नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ ।

    निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो । निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

    पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपैयाँ एक सय ७२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ ।