आयरल्याण्ड विरुद्ध नेपाल तीन रनले विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आयरल्याण्ड विरुद्ध नेपाल तीन रनले विजयी

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०८०, सोमबार

    काठमाडौं । तेस्रो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ लाई ३ रनले पराजित गरेको छ ।

    नेपाल ‘ए’ले दिएको २१३ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो । आयरल्याण्डका ग्यारेथ डेलानीले ६८ र मोर्गन टोपिङ ६० रन जोडे ।बलिङमा नेपालका विपिन खत्रीले ३, रसिद खान, कमलसिंह ऐरी र नारायण जोशीले एक-एक विकेट लिए ।

    यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो ।

    नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रन जोडे । आरिफ ४८ बलमा ७ चौका र ६ छक्का गर्दै ९३ रनमा अविजित रहे । रसिद खानले २९, कमलसिंह ऐरीले १९ , बसिर अहमदले १९, पवन सराफले १३ रन बनाए ।नेपाल यसअघि दुवै खेलमा पराजित भएको छ । पहिलो खेल २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।