व्यासको सॉगेमा श्रीमतीको हत्या
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको सॉगेमा श्रीमतीको हत्या

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०८०, शनिबार

    दमौली। तनहुँको व्यास नगरपालिका–५ साँगेमा शनिबार श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । सोही ठाउँ निवासी ३६ वर्षीया सुनमाया कुमालको आफ्नै श्रीमानले हत्या गरेका हुन् ।

    हत्याको अभियोगमा ४० वर्षीय जितबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी उपरिक्षक अपिलराज बोहोराले जानकारी दिए । हतियार प्रहार गरी निजले श्रीमतीको हत्या गरेको उनको भनाइ छ ।

    प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । के कारणले घटना घट्यो भन्ने नखुलेको प्रहरीको भनाइ छ ।