इलाम-२ मा एमालेका सुहाङलाई विप्लवको पनि समर्थन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ मा एमालेका सुहाङलाई विप्लवको पनि समर्थन

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०८०, शनिबार

    काठमाडौं । इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्ने भएको छ ।

    एमालेसहित तीन दलको इलाम जिल्ला समितिले शनिबार एक अपिल प्रकाशित गरी एमाले उम्मेदवार सुहाङ नेम्वाङका लागि मत मागेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने समझदारी भएको भन्दै सुहाङका लागि मत मागिएको छ ।

    अपिलमा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत, माओवादी जिल्ला संयोजक विजय खम्बु र नेकपाका इन्चार्ज मौसमले हस्ताक्षर गरेका छन् ।