लिभिक निर्माणले जित्यो १२ औ आदर्श तथा सातौ तारा स्मृति कपको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    लिभिक निर्माणले जित्यो १२ औ आदर्श तथा सातौ तारा स्मृति कपको उपाधि

    खबरपुञ्ज संवाददाता

    २४ चैत्र २०८०, आईतवार

    दमौली। १२ औं आदर्श तथा सातौ तारा स्मृति कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि लिभिक निर्माण सेवाले हात पारेको छ ।

    म्याग्दे-४ मनहरीस्थित आदर्श नमूना क्लवको आयोजनामा आइतबार सम्पन्न फाइनल खेलमा आयोजकलाई ट्राइबेकरमा पराजित गर्दै निर्माण सेवाले उपाधि कब्जा गरेको हो ।

    निर्धारित समयमा दुवै समूहबाट गोल नभएपछि निर्माण सेवा ट्राइबेकरमा ३-१ ले विजयी भएको हो । उपाधिसँगै निर्माण सेवाले रु ७५ हजार नगद, ट्रफी प्राप्त गरेको छ भने उपविजेता आयोजकले रु ४० हजार नगद प्राप्त गरेको छ ।

    विजेतालाई म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, वडाध्यक्ष दिपक श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।