प्राविधिक शिक्षामा जोड दिनुपर्छ : नेता थापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    प्राविधिक शिक्षामा जोड दिनुपर्छ : नेता थापा

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०८०, बिहीबार

    दमौली। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि चाम थापाले प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवस्यकता रहेको बताएका छन् ।

    नेपाल मगर विद्यार्थी संघ आदिकवि भानुभक्त क्याम्पस इकाइको भित्ते पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान  कार्यक्रममा बिहीबार बोल्दै थापाले शिक्षा क्षेत्रमा सुधार गर्दै जानुपर्ने बताए । 
    उनले पछिल्लो समय युवायुवती बिदेशीने क्रम बढ्दै गएकाले त्यसलाई रोक्न राज्यले स्वरोजगारमुलक कार्यक्रम ल्याउनुपर्ने बताए ।

    युवायुवतीले स्नातक, स्नातकोत्तर पढेर सकेपनि स्वदेशमा रोजगारीको अवसर प्राप्त नहुने स्थिति बनेपछि बाहिरिनुपर्ने बाध्यता भएकाले त्यसलाई रोक्न स्वदेशमै रोजगारीको अवसर हुनुपर्नेमा उनले जोड दिए । त्यसका लागि राज्यले उद्योग, कलकारखाना स्थापनामा जोड दिनुपर्छ ।