नयाँ वर्षको शुभकामना!
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    नयाँ वर्षको शुभकामना!

    सोनी शर्मा

    ३० चैत्र २०८०, शुक्रबार

    तिमीले ओइ भन्दा
    मैले होई भन्न भुलेछु!
    तिमीले हाई भन्दा 
    मैले बाई भन्न पो पुगेछु।

    तिमी बोलाउदै गर्दा 
    म टोलाउदै थिएँ कि!
    आजकल म सुन्यतामा 
    हराउने भएको छु।

    पोहोरको नयाँ वर्षमा 
    गरेको त्यो अठोटले 
    बिचरा त्यो निन्द्रालाई 
    नजिक पर्नै दिँदैन 
    एक्लो बृहस्पति म।

    व्युझेर देखेको सपना 
    साकार पार्नका लागि 
    आजकल म 
    कठोर पनि भएको छु ।

    कल्पनाको महल बनाउँदा 
    लडेको छु कैयौ पटक !
    कहिले परिस्थितिले लडायो 
    कहिले मनस्थितिले।
    कसैले हात दिए 
    कसैले घात दिए 
    जसरी दिए शिक्षा दिए।

    डियर जिन्दगी बदलिए जस्तै 
    समय सँगै बदलियो क्यालेन्डर 
    त्यो सँगै म पनि 
    बदलिएको छु आजकल।
    म यस्तरी बदलिनुमा 
    तिम्रै भूमिका छ कि।

    अँ साच्चै नयाँ वर्ष आयो नी!
    २०८१ सालमा 
    तिम्रा पाइलाले शिखर चुमोस 
    खुशीको भीड तिमीमै झुमोस 
    निरोगी हुनु,दीर्घायु हुनु 
    देशको माटो श्रद्धाले छुनु
    संसारकै सफल उत्कृष्ट सूचीमा 
    तिम्रो नाम लेखिओस् 
    तिमीलाई नयाँ वर्षको अर्वौ शुभकामना।