चैतेदसैंमा थानीमाइमा १२ फूलको डोली भित्र्याइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चैतेदसैंमा थानीमाइमा १२ फूलको डोली भित्र्याइयो

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०८१, मंगलवार

    दमाैली । चैतेदसैंको अवसरमा तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाइ मन्दिरमा आज १२ फूलको डोली भित्रिएको छ । चैतको पहिलो मङ्गलबार आज मन्दिरमा विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली भित्र्याएका हुन् ।

    त्यसक्रममा एक हजार भन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेको थानीमाइ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले खबरपुञ्जलाई जानकारी दिए । त्यस्तै सोमबार राति मन्दिरमा बत्ती बालेर जागाराम बस्ने भक्तजनको सङ्ख्या ३५ जना रहेको थापाले बताए ।

    प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।