मादीसेती एफएमको अध्यक्षमा खनाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मादीसेती एफएमको अध्यक्षमा खनाल

    खबरपुञ्ज संवाददाता

    ९ बैशाख २०८१, आईतवार

    दमौली । व्यास नगरपालिका-३ स्थित मादीसेती एफएमको अध्यक्षमा सूर्यनाथ खनाल चयन भएका छन् । एफएमको शनिबार सम्पन्न पॉचौ अधिवेशनबाट खनालको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।

    अधिवेशनबाट उपाध्यक्षमा प्रदिप घिमिरे, सचिवमा माधव न्यौपाने, कोषाध्यक्षमा सुशीला पन्थ, सदस्यहरुमा शंकरराज  नहर्की ,जनक काफ्ले , उपेन्द्र न्यौपाने , सुरेश पुरी र बेलु श्रेष्ठ चयन भएका छन् ।

    अधिवेशनको गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले उदघाटन गरेका थिए । सो अवसरमा उनले एफएमले जनतालाई सूसुचित बनाउने काममा महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे ।