दमौली । व्यास नगरपालिका-३ का युवालाई वरिष्टा तालिम दिन सुरु गरिएको छ । युवाहरुलाई सीप सिकाएर उद्यमी बनाउने उद्धेश्यले वडा कार्यालयले वरिष्टा (कफी बनाउने) तालिम दिइएको हो ।
आइतबारदेखि सुरु तालिम जेठ २४ गतेसम्म सञ्चालन हुनेछ । पछिल्लो समय वरिष्टातर्फ आकर्षण बढेको र युवाको माग रहेकाले तालिम सुरु गरिएको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए ।
तालिम उदघाटन कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले सीप सिकेर उद्यमी बन्न आग्रह गरे । वडाध्यक्ष अनुप रानाले वडाको वार्षिक बजेटबाट तालिम आयोजना गरिएको जानकारी दिए ।