पत्रकार काफ्लेको ‘हाम्रो मानुङकोट’ गीत सार्वजनिक (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार काफ्लेको ‘हाम्रो मानुङकोट’ गीत सार्वजनिक (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८१, बुधबार

    दमाैली । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्लेको ‘हाम्रो मानुङकोट’ गीत सार्वजनिक भएको छ । तनहुँको प्रसिद्ध पर्यटकीय स्थल मानुङकोटको महिमामा आधारित गीत ‘हाम्रो मानुङकोट’ मङ्गलबार सार्वजनिक भएको हो । उनकाे आफ्नै युट्युव च्यानल बाराही मिडिया मार्फत गीत सार्वजनिक गरिएको छ ।

    उक्त गीतमा काफ्ले स्वयंले आवाज भरेका छन् भने शब्द सङ्कलन पनि उनकै रहेको छ । गीतमा सङ्गीत भने राजकुमार बगरको रहेको छ । गीतमा मानुङकोटको प्राकृतिक सुन्दरताका साथै दमौली र आसपासका क्षेत्रको वर्णन गरिएको छ ।

    मानुङकोट पर्यटकीय दृष्टिकोणले अति नै सम्भावना बोकेको क्षेत्र भएकाले यसको प्रचार प्रसारमा सहयोग पु¥याउने उद्धेश्यले गीत रचना गरेको काफ्लेले बताए । उनले भने, “व्यास नगरपालिका–५ मा अवस्थित मानुङकोट पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको छ । यस ठाउँको थप प्रचारप्रसारका लागि गीतले सहयोग पुग्ने विश्वास गरेको छु ।”

    उहाँको रचनामा यस अघि राष्ट्रिय र विश्व बन्धुत्वको भाव झल्किने गीत “यहि हो हाम्रो शान”, “प्रजातन्त्र–प्रजातन्त्र“, धोखा तिमिले दिन्छौ भन्ने आधुनिक गीत र मध्य रात सपनीमा बोलको पप लगायतका गीत सार्वजनिक भइसकेका छन् ।