नेपाली सेनामा ३१९ पदमा जागिर खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेपाली सेनामा ३१९ पदमा जागिर खुल्यो

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८१, शुक्रबार

    काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा आवेदन माग गरेको छ । सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ दरखास्त आह्वान गरेको हो ।

    सेनाले आज सार्वजनिक सूचना जारी गर्दै रिक्त पदमा आवेदन मागेको हो । नेपाली सेनामा रिक्त रहेका ३१९ पदमा दरखास्त मागिएको सूचनामा उल्लेख छ ।

    नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेकट्रिकल, प्लम्बरलगायत प्राविधिक पदमा पनि जागिर खुलेको छ ।

    आवेदन जेठ १२ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

    छ ।