हेम्जामा बस दुर्घटना : तनहुँको शुक्लागण्डकीका १९ घाइते (नामावली सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    हेम्जामा बस दुर्घटना : तनहुँको शुक्लागण्डकीका १९ घाइते (नामावली सहित)

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८१, शनिबार

    पाेखरा । बागलुङबाट तनहुँतर्फ आउँदै गरेको यात्रुवाहक बस कास्कीको हेम्जामा शनिबार राति ७ः३० बजे दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । ग १ ख ९२९७ नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर सडकमा पल्टिँदा बसमा सवार १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    घाइते हुनेहरु सबै तनहुँ शुक्लागण्डकी नगरपालिका–११ का वासिन्दा हुन् । तनहुँबाट बागलुङ भ्रमणका लागि गएर फर्किदै गर्दा दुर्घटना भएको हो । घाइतेहरुकाे अवस्था सामान्य रहेकाे प्रहरीकाे भनाइ छ ।

    बसमा ३६ जना सवार रहेकामा १९ जना घाइते भएका हुन् । त्यसमध्ये १६ जनाको गण्डकी मेडिकल कलेजमा र तीन जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बस चालक गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ का ४५ वर्षीय चन्द्रबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ ।

    घाइतेहरु
    १.जिल्ला तनहुँ शुक्लागण्डकी न.पा. वडा नं. ११ अलैची बस्ने बर्ष ३९ की कमला सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
    २.ऐ.ऐ.बस्ने बर्ष ५० कि.ईन्द्र कला भुजेल खुट्टामा चोट रहेको उपचार भई रहेको ।
    ३.ऐ.ऐ.बस्ने बर्ष ७७ कि.रुपा देबी सिग्देल छातीमा चोट रहेको उपचार भई रहेको ।
    ४.ऐ.ऐ.बस्ने बर्ष २५ कि.प्रमिला सिग्देल टाउकोमा चोट रहेको उपचार भई रहेको ।
    ५.ऐ.ऐ.बस्ने बर्ष ४७ कि.सिता सिग्देल टाउको र दायाँ कुममा चोट रहेको उपचार भई रहेको ।
    ६.ऐ.ऐ.बस्ने बर्ष ६३ को लोकनाथ सिग्देल दायाँ हात र खुट्टामा चोट रहेको उपचार भई रहेको ।
    ७.ऐ.ऐ.बस्ने बर्ष ५८ को सिता सिग्देल टाउको र ढाडमा चोट रहेको उपचार भई रहेको ।
    ८.ऐ.ऐ.बस्ने बर्ष ५८ को खेमनारायण सिग्देल बायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
    ९.ऐ.ऐ.बस्ने बर्ष २२ की स्वस्तिका सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
    १०.ऐ.ऐ.बस्ने बर्ष ४८ की शान्ति सिग्देल घाँटी र हाडमा चोट रहेको उपचार भई रहेको ।
    ११.ऐ.ऐ.बस्ने बर्ष ३० को सागर परियार घाँटी र ढाडमा चोट रहेको उपचार भई रहेको ।
    १२.ऐ.ऐ.बस्ने बर्ष ६० को पुर्णचन्द्र सिग्देल पेट र दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
    १३.ऐ.ऐ.बस्ने बर्ष ६१ को राम प्रसाद सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
    १४.ऐ।ए.बस्ने बर्ष ५८ की शारदा सिग्देल दायाँ हातमा चोट रहेको उपचार भई रहेको ।
    १५.ऐ.ऐ.बस्ने बर्ष ५७ को अग्नि प्रसाद सिग्देल दायाँ हातमा र कम्मरमा चोट रहेको उपचार भई रहेको ।
    १६.ऐ.ऐ.बस्ने बर्ष ४७ की लक्ष्मी सिग्देल टाउको र ढाडमा चोट रहेको उपचार भई रहेको ।
    १७.ऐ.ऐ.बस्ने बर्ष ५० की बिष्णु सिग्देल घाँटी र दायाँ खुट्टामा चोट रहेको उपचार भई रहेको ।
    १८.ऐ.ऐ.बस्ने बर्ष १८ की अनिषा गौतम ढाडमा चोट रहेको उपचार भई रहेको ।
    १९.ऐ.ऐ.बस्ने बर्ष ४३ की बिष्णु गौतम बायाँ हात, छाती र खुट्टामा चोट रहेको उपचार भई रहेको ।