इलाम-२ उपनिर्वाचन : मतान्तर घटाउँदै सुहाङ नेम्वाङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    इलाम-२ उपनिर्वाचन : मतान्तर घटाउँदै सुहाङ नेम्वाङ

    खबरपुञ्ज संवाददाता

    १६ बैशाख २०८१, आईतवार

    इलाम । इलाम–२ को उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्।

    अहिलेसम्म फाकफोकथुम गाउँपालिकाको तीन वटा वडाको मत गणना गरिएको छ। अहिलेसम्म नेपाली कांग्रेसले झिनो मतले अग्रता लिएको छ। 

    कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन्।

    एमाले उम्मेदवार नेम्वाङले एक हजार छ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

    तेस्रो स्थानमा रहेका डकेन्द्रसिंह थेगिमले चार सय ३७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले तीन सय ५ मत प्राप्त गरेका छन्।

    अहिले फाकफोकथुम गाउँपालिकाकै वडा नम्बर ४ मा खसेको मत गणना भइरहेको छ। अहिलेसम्म वडा नम्बर १, २ र ३ को गणना सकिएको निर्वाचन आयोगले जनाएको छ।