गण्डकीमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको सभामुखको घोषणा, कांग्रेसको विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको सभामुखको घोषणा, कांग्रेसको विरोध

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८१, आईतवार

    पोखरा । गण्डकीका सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको व्याख्याअनुसार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन्।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको विरोधका बावजुद सभामखु धितालले उक्त घोषणा गरेका हुन्।

    धितालले आफूलाई पनि संविधानको धारा १८६ अनुसार मतदान गर्ने अधिकार भएको भन्दै आफूसहित मुख्यमन्त्री अधिकारीलाई बहुमत भएको घोषणा गरे।सभामुख धितालले उक्त कुरा बताउन थालेपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी थालेका थिए।

    ‘सर्वोच्च अदालतको वैशाख १७ गतेको व्याख्याअनुसार मुख्यमन्त्री खगराज अधिकारीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा बहुमत पुग्ने घोषणा गर्दछु,’ नाराबाजीबीच उनले भने।उनले सभामा आफूबाहेक ५९ जना सांसद मतदान प्रक्रियामा भाग लिएको र त्यसको बहुमत पुगको बताएका हुन्। प्रदेश सभामा आइतबार विश्वासको मत मागेका मुख्यमन्त्री अधिकारीका पक्षमा ३० मत खसेको थियो भने २७ मत विपक्षमा र २ मत तटस्थ बनेको थियो।

    अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ७ र राजीव गुरुङले मत दिएका थिए। विपक्षमा कांग्रेसका २७ सांसदले मतदान गरेका थिए भने राप्रपाका २ जना सांसद तटस्थ बसेका थिए। (सेतोपाटीबाट)