दमौली । तनहुँको दमौली निवासी मुन्नि खातुन हज कमिटीको सदस्यमा मनोनित भएकी छन् । गृह मन्त्रालयले उनलाई कमिटीको सदस्य मनोनित गरेको हो ।
उपप्रधान तथा गृहमन्त्रीको वैशाख २३ गतेको निर्णय अनुसार खातुन कमिटीको सदस्यमा मनोनित भएकी हुन् । उनी नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय सचिवालय सदस्य हुन् ।