सन्दिप लामिछानेको दावी : घटना घटाइएको हो, म निर्दोष छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सन्दिप लामिछानेको दावी : घटना घटाइएको हो, म निर्दोष छु

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०८१, मंगलवार

    काठमाडौ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौबाट दोषी ठहर भएका सन्दीप लामिछानेले आफू कानुनले नभइ अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गरेका छन् । सामाजिक संजालमार्फत सन्दीपले जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको उल्लेख गरेका छन् ।

    उनको मुद्दाको पुनरावेदन उच्च अदालतलाई विचाराधीन छ । ’मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायीले भन्नुहुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ’, उनले लेखेका छन् ।

    यो घटना घटेको नभई घटाइएको भएको सन्दीपले उल्लेख गरेका छन् । ’…म यो घटनाको निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो’, उनले लेखेका छन् ।

    लामिछानेको भनाई https://www.facebook.com/share/p/DVAp7QXywVF2Gsz3/?mibextid=WC7FNe