दमौली । लियो क्लव अफ तनहुँले व्यास नगरपालिका-५ चापाघाटस्थित ज्येष्ठ नागरिक आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । मातातीर्थ औंसीको अवसर पारेर क्लवले बुधबार आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।
क्लवले आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि आवश्यक खाद्यान्न सहयोग गरेको क्लवका वर्ष २०२४/२५ का अध्यक्ष सागर घिमिरेले जानकारी दिए ।
सो अवसरमा व्यास नगरपालिका-५ का निवर्तमान वडाध्यक्ष मोहनकुमार श्रेष्ठले क्लवले सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताए ।