एमाले तनहुँ अधिवेशन : यी हुन् पदाधिकारीमा आकाङ्क्षी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँ अधिवेशन : यी हुन् पदाधिकारीमा आकाङ्क्षी

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८१, बिहीबार

    दमौली । नेकपा एमाले तनहुँको दशौ अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । अधिवेशनले नयॉ नेतृत्व चयन गर्नेछ । अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोख्रेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

    अधिवेशन नजिकिएसँगै आकाङ़्क्षीको दौडधुप सुरु भएको छ। अध्यक्षमा हरिराज कंडेल र विष्णुभक्त सिग्देल आकाङ्क्षी छन् । सहमतिको प्रयास भएपनि सम्भावना क्षीण बन्दै गएको छ ।

    निर्वाचन भएको खण्डमा दुई प्यानल बन्ने सम्भावना बढेको छ । त्यसो हुँदा कंडेल समूहबाट उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिवमा खिम कुमाल वा दुर्गाकुमार श्रेष्ठ उम्मेदवार बन्ने सम्भावना छ । महिला उपसचिवमा मनुमाया श्रेष्ठ, विष्णुमाया ढकालको सम्भावना छ ।

    त्यस्तै सिग्देल समूहबाट उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा आरके पोख्रेल वा अनिल पाण्डे, उपसचिवमा सीताराम सुर्खाली र महिला उपसचिवमा बसुन्धरा घर्तीको सम्भावना छ ।

    कंडेल समूहलाई पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी र सिग्देल समूहलाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन छ ।

    अधिवेशनमा करिब ६ सय प्रतिनिधि सहभागी हुँदैछन् । दुवै समूहले जित्ने दावी गरेका छन् ।