एमाले तनहुँकाे दशाै अधिवेशन सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँकाे दशाै अधिवेशन सुरु

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८१, शुक्रबार

    दमाैली । नेकपा एमाले तनहुँकाे दशाै जिल्ला अधिवेशन शुक्रबारदेखि दमाैलीमा सुरु भएकाे छ । अधिवेशनकाे पार्टीका महासचिव शङ्कर पाेख्रेलले उद्घाटन गरेका छन् ।

    साे अवसरमा उनले एमाले देश निर्माणको अभिभारा बोकेर अगाडी बढेको बताए । महासचिव पोख्रेलले भने, “देश बनाउने मुख्य अभिभारा बोकेर पार्टी हिँडेको छ । सुखी नेपाली समृद्ध नेपाल अभियान पूरा गर्नुपर्नेछ ।” आर्थिक, सामाजिक विकास अहिलेको आवश्यकता रहेको बताउँदै महासचिव पोख्रेलले विगतमा राजनीतिक परिवर्तनको यात्रामा धेरै समय खर्चिएको बताउँदै भने, “अब राजनीतिक परिवर्तनको यात्रा होइन । जनताको जीवन परिवर्तन गर्ने यात्रामा अगाडी बढ्नुपर्छ ।”

    महासचिव पोख्रेलले समाजमा देखा परेका अराजक प्रवृत्ति अन्त्य नगरेसम्म देश विकास सम्भव नरहेको चर्चा गरे ।

    कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल लगायतले पार्टीलाई एकढिक्का बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए ।

    अधिवेशनले पार्टीको नेतृत्व चयन गर्नेछ । अधिवेशनमा पाँच सय ८७ प्रतिनिधि सहभागी रहेको पार्टी अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। अधिवेशनका लागि हालका उपाध्यक्ष हरिराज कंडेल र पूर्व प्रदेश कमिटी सदस्य विष्णुभक्त सिग्देल आकाङ्क्षी छन् ।