दमौली । नेकपा एमाले तनहुँको जारी दशौ अधिवेशन अन्तर्गत दुवै समूहका उम्मेदवार तय भएका छन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि सहमति नभएपछि चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचनका लागि दुई समूह प्यानल बनाएर प्रतिस्पर्धा गर्दैछन् ।
नयॉ नेतृत्व चयनका लागि दुई समूह निर्वाचनमा होमिदैछ । जिल्ला अध्यक्षका लागि हरिराज कंडेल र विष्णुभक्त सिग्देल प्रतिस्पर्धा गर्दैछन् । कंडेलको समूहबाट उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिवमा खिम कुमाल र महिला उपसचिवमा सुनिता नेपाली उम्मेदवार तय भएका छन् ।
सिग्देलको समूहबाट उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा अनिल पाण्डे, उपसचिवमा आरके पोख्रेल र महिला उपसचिवमा बसुन्धरा घर्तीको उम्मेदवारी तय भएको छ ।
कंडेल समूहलाई पार्टीका स्थायी कमिटी सदस्य किरण गुरुङ र सिग्देल समूहलाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन छ । निर्वाचन कार्यतालिका अनुसार आइतबार मनोनयन दर्ता हुँदैछ । आइतबार नै मतदान र मतदान सकिएलगत्तै मतगणनाको कार्यतालिका छ ।