दमौली । नेकपा एमाले तनहुँको दशौ अधिवेशन अन्तर्गत अध्यक्षमा हरिराज कंडेल र विष्णुभक्त सिग्देलको उम्मेदवारी दर्ता भएको छ । व्यास नगरपालिका-३ देउरालीनगरस्थित मिलन तमु समाजको भवनमा जारी अधिवेशनमा अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षमा उम्मेदवारी दर्ता गरेका कंडेल निवर्तमान जिल्ला उपाध्यक्ष हुन् भने सिग्देल निवर्तमान प्रदेश कमिटी सदस्य हुन् ।
निर्वाचन कमिटीका अनुसार उम्मेदवारी दर्ताको कार्यक्रम जारी छ ।