दमाैली । गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका होटल व्यवसायी तथा कर्मचारीका लागि स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम प्रदान गरिएको छ ।
होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना तथा होटल व्यवसायी सङ्घ तनहुँको सहआयोजनामा आजदेखि दमौलीमा दुई दिने तालिम सुरु भएको हो ।
मस्र्याङ्दी करिडोर अन्तर्गतका होटल व्यवसायी तथा कर्मचारीलाई पर्यटकमैत्री तालिम आयोजना गरिएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष दुर्गाविलास भट्टराईले जानकारी दिए । तालिममा तनहुँ, लमजुङ, गोरखा र मस्र्याङ्दी करिडोर अन्तर्गतका ६० होटल व्यवसायी र कर्मचारी सहभागी रहेको उनले बताए ।
तालिममा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, प्रमुख प्रशिक्षक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत ज्योति आचार्य, नेपाल पर्यटक बोर्ड गण्डकी प्रदेश कार्यालयको लेखा अधिकृत सागर श्रेष्ठ लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
तालिममा सहभागीलाई खाद्य स्वच्छता, सरसफाइ तथा पोशाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध व्यवसायको प्रचारप्रसार र प्रबद्र्धन, स्थानीय उत्पादनको व्यवसायिकरणलगायतका विषयमा प्रशिक्षण प्रदान गरिने होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले जानकारी दिए।