एमाले तनहुँ अधिवेशन : २११ मत गणना हुँदा पदाधिकारीमा कसको कति मत ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँ अधिवेशन : २११ मत गणना हुँदा पदाधिकारीमा कसको कति मत ?

    खबरपुञ्ज संवाददाता

    ३१ बैशाख २०८१, मंगलवार

    दमौली । नेकपा एमाले तनहुँको दशौ अधिवेशन अन्तर्गत जारी मतगणनामा अध्यक्षका उम्मेदवार हरिराज कंडेलले अग्रता कायमै राखेका छन् । राति १२:४५ बजेसम्म गनिएको २११ मतमध्ये कंडेलले १०९ मत प्राप्त गरेका छन् ।

    अध्यक्षका अर्का उम्मेदवार विष्णुभक्त सिग्देलले ९८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने दुवै उम्मेदवारले समान मत प्राप्त गरेका छन् । राजेश्वर ढकाल र श्रीराम कार्कीले १०३/१०३ मत प्राप्त गरेका छन् ।

    सचिवमा प्रदीपराज अधिकारीले १०५ र अनिल पाण्डेले ९९ मत प्राप्त गरेका छन् । उपसचिवमा खिम कुमालले ११६ र आरके पोख्रेलले ८५ मत प्राप्त गरेका छन् । उपसचिव महिलामा सुनिता नेपालीले १०४ र बसुन्धरा घर्तीले ९५ मत प्राप्त गरेकी छन् ।

    निर्वाचनमा ५६० मत खसेको छ । बॉकी मतगणना मंगलबार बिहान ९ बजेबाट हुने निर्वाचन कमिटीले जनाएको छ ।