दमौली । नेकपा एमाले तनहुँको दशौ अधिवेशन अन्तर्गत प्राप्त मतपरिणाम अनुसार हरिराज कंडेलको प्यानलले अग्रता कायम गरेको छ । अध्यक्षका उम्मेदवार कंडेलले हालसम्म १७२ मत प्राप्त गरेका छन् ।
अध्यक्षका उम्मेदवार विष्णुभक्त सिग्देलले १२८ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा हरिराज कंडेलले १६५ र श्रीराम कार्कीले १३३ मत प्राप्त गरेका छन् । सचिवमा प्रदीपराज अधिकारीले १६१ र अनिल पाण्डेले १३६ मत प्राप्त गरेका छन् ।
उपसचिवमा खिम कुमालले १७० र आरके पोख्रेलले १११ मत प्राप्त गरेका छन् । उपसचिव महिलामा सुनिता नेपालीले १६७ र बसुन्धरा घर्तीले १२३ मत प्राप्त गरेका छन् ।