दमाैली । नेकपा (एमाले) तनहुँको अध्यक्षमा हरिराज कंडेल विजयी भएका छन् । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा कंडेल दुई सय ९२ मत प्राप्त गरी विजयी भएका हुन् । पदाधिकारीमा कंडेल प्यानलै विजयी भएकाे छ ।
अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई सय चार मत प्राप्त गरेकाे निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए।
यस्तै उपाध्यक्षमा राजेश्वर ढकाल विजयी भएका छन् । उनले दुई सय ७९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी श्रीराम कार्कीले दुई सय १४ मत प्राप्त गरेका छन् ।
सचिवमा दुई सय ८० मत प्राप्त गरी प्रदीपराज अधिकारी विजयी भएका छन् । प्रतिस्पर्धी अनिल पाण्डेले दुई सय ११ मत प्राप्त गरेका छन् । उपसचिव खुल्लामा खिमबहादुर कुमाल दुई सय ९६ मत प्राप्त गरी विजयी भएका छन् भने प्रतिस्पर्धी रोमाकान्त पोख्रेलले एक सय ८४ मत प्राप्त गरेका छन् ।
उपसचिव महिलामा सुनिता नेपाली दुई सय ८३ मत प्राप्त गरी विजयी भएकी छ्न् । प्रतिस्पर्धी बसुन्धरा घर्तीले एक सय ९७ मत प्राप्त गरिन् ।
पाँच सय ८५ मतदातामध्ये निर्वाचनमा पाँच सय ६० मत खसेको थियो । अधिवेशनले कूल ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ ।