दमौली । तनहुँको बन्दीपुर र भानुको सीमाना चुँदीखोलामा शनिबार वृहत सरसफाइ हुने भएको छ । सामाजिक अभियान्ता सुदीप गफ्फार र मनोजकुमार श्रेष्ठको नेतृत्वमा चुँदीखोलामा सरसफाइ गर्न लागिएको हो ।
गफ्फारकै नेतृत्वमा गत शनिबार दमौलीको बुल्दीखोलामा सरसफाइ गरिएको थियो । त्यसक्रममा सात हजार किलो भन्दा धेरै फोहर संकलन भएको थियो ।
चुँदीखोलामा हुने सरसफाइ अभियानमा सहभागी हुन यहॉका सरोकारवालालाई निमन्त्रणा गरिएको छ। भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, उद्योग वाणिज्य संघ, विद्यालयमा पुगेर निमन्त्रणा गरिएको गफ्फारले बताए । बुल्दीखोला सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको बताउँदै उनले चुँदीखोला सरसफाइमा पनि सबैको सहभागिता रहने उल्लेख गरे ।
त्यसक्रममा धेरै फोहर संकलन गरी प्रथम हुने समूहलाई रु १० हजार र द्वितीय हुनेलाई रु पॉच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।