दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सोले रहमा पौडी खेल्ने क्रममा आज दिउँसो दुई युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बन्दीपुर गाउँपािलका–६ बागे बस्ने २० वर्षीय विनोद गुरुङ र सोही वडाको तिलाहार बस्ने २० वर्षीय हिरा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पौडी खेल्ने क्रममा डुबेका दुवै जनालाई बन्दीपुर अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहन खड्काले जानकारी दिए।
दुवै जनाको शव पोष्टमार्टमका लागि दमौली अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।