देउवालाई रविको प्रश्न- प्रधानमन्त्रीको अफरको डेट एक्स्पायर भयो कि छैन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देउवालाई रविको प्रश्न- प्रधानमन्त्रीको अफरको डेट एक्स्पायर भयो कि छैन ?

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०८१, आईतवार

    काठमाडौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले अघिल्लो दिन राति आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेको तर नमान्दा भोलिपल्ट संसद् अवरुद्ध गरेको दाबी गरेका छन् । 

    आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रविले कांग्रेसको प्रस्ताव अस्वीकार गर्दा आफूमाथि सहकारीको आरोप लगाइएको बताएका हुन् । 

    गृहमन्त्री हुँदा विरोध गर्ने तर प्रधानमन्त्रीको अफर ठीक हुने ?’, रविले भने, ‘हिजो डेढ वर्ष प्रधानमन्त्रीको अफर गरेको विषय एक्स्पायर भयो कि छैन ?’