दमौली । पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठले आगलागी पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । व्यास नगरपालिका- ३ फलफूल लाइनमा सम्पूर्ण पसलहरु जलेर ध्वस्त भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताउँदै श्रेष्ठले आगलागीको घटनाको छानबिन गरि पीडितहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनको लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
राष्ट्रिय राजनीतिमा छिनछिनमा विकसित भइरहने घटनाक्रम र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन लागेको सन्दर्भका कारण यस दुखको समयमा पीडितहरुसँग भेट गरि स्थलगत रुपमा घटनाको वास्तविक जानकारी लिने र दुख साट्ने कार्यमा प्रत्यक्ष रुपमा उपस्थित हुन नसकेको बताउँदै उनले भने, “म मेरा आदरणीय दमौलीबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा क्षमा चहान्छु र जतिसक्दो छिटो पीडितहरुसँग भेट गर्न आउने प्रतिबद्धता व्यक्त गर्दछु ।”