दमाैली । व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो ।
व्यास नगरपालिकाभित्रका १६ महिनादेखि ५९ महिनासम्मका १५ महिनाभित्र पाउनुपर्ने सबै बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।
यसक्रममा १६ महिना देखि ५ वर्ष सम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खाेपकाे पहुँचमा ल्याइएकाे छ । त्यस्तै १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई पनि खाेप लगाइएकाे साेतीकाे भनाइ छ ।
सोही अवधिमा चार जना बालबालिकाले खोप लगाउन छुटेकामा उनीहरुलाई पनि यही अवधिमा पूर्ण खोप लगाइएको सोतीले जानकारी दिए। नगरपालिकाका १४ वटै वडाहरुमा घरधुरी सर्भेक्षणपश्चात् छुटेका चार जनालाई खोप लगाइएको थियो ।
सोमबार व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगोपना कायम राख्नुपर्नेमा जोड दिए।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, स्वास्थ्य कार्यालय तनहुँका प्रमुख विद्या तामाङ लगायतले मन्तव्य राखेका थिए ।