व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गैरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गैरे

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८१, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा काशीराम गैरे हाजिर भएका छन् ।

    यसअघिका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीको बागलुङको ढोरपाटन नगरपालिका सरुवा भएपछि गैरे व्यासमा आएका हुन् । सुवेदी विसं २०७९ फागुनमा सरुवा भएर व्यास नगरपालिका आएका थिए ।

    गैरेले बुधबार पदभार ग्रहण गरेका छन् । गैरे यसअघि तनहुँको सहायक प्रमुख जिल्ला अधिकारी भइसकेका छन् । तनहुँबाट सरुवा भएर उनी इलाका प्रशासन कार्यालय पोखरा पुगेका थिए । गैरे व्यास नगरपालिकाकै वासिन्दा हुन् ।