राष्ट्रपति-प्रधानमन्त्री भेट : संसदको गतिरोध अन्त्यका लागि पहल भएको प्रधानमन्त्रीद्वारा जानकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति-प्रधानमन्त्री भेट : संसदको गतिरोध अन्त्यका लागि पहल भएको प्रधानमन्त्रीद्वारा जानकारी

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, शुक्रबार

    काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् ।

    सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।