निओन गण्डकीमा नयॉ नेतृत्व, अध्यक्षमा तनहुँका ढकाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    निओन गण्डकीमा नयॉ नेतृत्व, अध्यक्षमा तनहुँका ढकाल

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८१, शुक्रबार

    दमौली । नेकपा (माओबादी केन्द्र) निकट इन्जिनीयर संगठन, नेपाल राष्ट्रिय इन्जिनीयर संगठन (निओन) को अध्यक्षमा तनहुँका अनिस ढकाल निर्वाचित भएका छन् ।

    पोखरामा सम्पन्न संगठनको प्रदेश सम्मेलनले ढकालको नेतृत्वमा २९ सदस्यीय समिति चयन गरेको छ । अध्यक्षमा निर्वाचित ढकाल नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका सहसचिव समेत हुन् ।

    जसको उपाध्यक्षमा प्रदीप न्यौपाने, सन्जय सुवेदी, सोवित श्रेष्ठ, सचिवमा मदन पहारी, सहसचिवमा शशीकुमार भुजेल, इश्वर भण्डारी र कोषाध्यक्षमा कल्पना पण्डित चयन भएका छन् ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री हरिबहादुर चुमानले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरे ।