गणतन्त्र दिवसमा प्रभातफेरी (तस्बिर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गणतन्त्र दिवसमा प्रभातफेरी (तस्बिर)

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८१, मंगलवार

    दमाैली । गणतन्त्र दिवसको अवसरमा तनहुँको दमौलीमा मङ्गलबार प्रभातफेरी एवं शुभकामना आदानप्रदान गरिएको छ । गणतन्त्र दिवस जिल्ला स्तरीय समितिको आयोजनामा दमौली बजारमा प्रभातफेरी गरिएको हो ।

    प्रभातफेरीमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, जिल्लास्थित राजनीतिक दल, नेपाली सेना, प्रहरी, सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।