पूर्वमन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसकाे शुभकामना व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वमन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसकाे शुभकामना व्यक्त

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८१, मंगलवार

    काठमाडाै । पूर्वमन्त्री एवं बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले गणतन्त्र दिवसकाे अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

    दिवसका अवसरमा मङ्गलबार शुभकामना सन्देश जारी गर्दै उनले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले उनीहरूको राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन् । श्रेष्ठले अहिलेको शासन व्यवस्थाले सबै नागरिकलाई समानताका अवसर प्रदान गरेकाले सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक पद्धतिबाट मुलुकको विकास तथा जनताको समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका छन् ।