सरसफाइका लागि एकाबिहानै मानुङकोट पुगे सुदीप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सरसफाइका लागि एकाबिहानै मानुङकोट पुगे सुदीप

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८१, मंगलवार

    दमाैली । युवा अभियान्ता सुदीप गफ्फारले मंगलबार बिहानै मानुङकोट पुगेर सरसफाइ गरेका छन् । उनले व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्यस्थल मानुङकोट पुगेर सरसफाइ गरेका हुन् ।

    मानुङकोटमा जथाभावी फालिएका फोहरलाई सङ्कलन गरी गफ्फारले व्यवस्थापन गरिदिएका छन् । उनले मानुङकोटमा फालिएका शिशाका बोतल र शिशाका टुक्राको जबसम्म व्यवस्थापन हुँदैन तबसम्म विकासले अर्थ नराख्ने उल्लेख गरेका छन् ।

    सामाजिक काममा रुची राख्ने उनले दमौली आसपास, चुँदीखोला र बुल्दीखोला सरसफाइ गरेर जिल्लामा मात्र नभई देश तथा विदेशमा प्रख्याती कमाएका छन् ।