दमौली । सरकारले आगामी आर्थिक वर्षमा ऑबुखैरेनी-पोखरा सडकमा कालोपत्र सम्पन्न गर्ने घोषणा गरेको छ । संसदको दुवै सदनलाई मंगलबार सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले निर्माणाधीन उक्त सडक आगामी वर्ष सम्पन्न गर्ने उल्लेख गरेका हुन् ।
हाल उक्त सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । पूर्वी खण्डतर्फ ६० र पश्चिम खण्डतर्फ २४ प्रतिशत प्रगति भएको छ ।