बजेट ठीक छ, रोजगारी सिर्जना गर्छ कि गर्दैन भन्ने मूल प्रश्न हो : स्वर्णिम वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बजेट ठीक छ, रोजगारी सिर्जना गर्छ कि गर्दैन भन्ने मूल प्रश्न हो : स्वर्णिम वाग्ले

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०८१, बुधबार

    काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले आय र व्ययको अनुमान ठिकै रहेकाले बजेट कार्यान्वयनका लागि पहिलाको भन्दा अलि गतिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

    सरकारले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१ र ८२ को बजेटबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

    सरकारले खर्च गर्छु भनेका क्षेत्रले रोजगारी सिर्जना गर्छ कि गर्दैन भन्ने मूल प्रश्न रहेको उनको भनाइ थियो । ‘यसमा अर्थमन्त्रीलाई अलिकति शङ्काको लाभ दिन चाहन्छु । पाँच वटा प्राथमिकताका क्षेत्रमा निजी क्षेत्रको पनि सहयोग लिएर काम गर्न सकिएमा आर्थिक उन्नतिका लागि टेवा दिन्छ,’ उनले भने ।