आँबुखैरेनीमा हावाहुरीको क्षति सङ्कलन, पीडितको समाधानमा प्रतिबद्ध छौ : चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा हावाहुरीको क्षति सङ्कलन, पीडितको समाधानमा प्रतिबद्ध छौ : चुमान

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८१, शुक्रबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हावाहुरी पीडितको समस्या समाधानका लागि पालिका प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार आएको हावाहुरीबाट पीडित भएका पालिकावासीको पीडामा मलम लगाउन गाउँपालिका क्रियाशील रहेको चुमानले बताए ।

    चुमानले हावाहुरीबाट ५० भन्दा धेरै घरगोठमा क्षति पुगेको र वडा कार्यालय मार्फत् तथ्याङ्कलन सङ्कलन गर्ने काम भइरहेको उल्लेख गरे । केही घरहरुमा शुक्रबार नै राहत सम्बोधन भएको र धेरै घरहरुमा बाँकी रहेको भन्दै चुमानले भने, “यो वर्षा मौसममा छानाविहिन हुनुको पीडाप्रति हामी गम्भीर छौ र समाधानका लागि लागिरहेका छौ ।” विपत्तिको बेला छिमेकीमा सक्दो सहयोग गर्न चुमानले सबैप्रति अनुरोध गरेका छन् ।