डि.जी लिङकको सेवाको एक दशक पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डि.जी लिङकको सेवाको एक दशक पूरा

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८१, मंगलवार

    दमौली । तनहुँको शुक्लागण्डकीमा मुख्य कार्यलय रहेको डि.जी लिङक नेटर्वक प्रा.लि आजबाट एघारौँ बर्षमा प्रवेश गरेको छ । इन्टरनेट सेवा प्रदान गदै आईरहेको डि.जी लिङक सेवाको दशौँ वर्ष पुरा गरी एघारौँ बर्षमा प्रवेश गरेको हो ।

    २०७१ साल देखि इन्टरनेट सेवा प्रदान गदै आईरहेको डि.जी लिङक प्रा.लि ले २०७८ सालमा मात्रै नेपाल दुर सञ्चार प्रधिकरणबाट इन्टरनेट सेवा प्रदायकको अनुमति पाएको थियो त्यस अघि कम्पनिले अन्य इन्टरनेट सेवा प्रदायकाको फ्रनचाईजको रुपमा शूक्लागडण्की नगरपालिका भित्र इन्टरनेट सेवा प्रदान गदै आएको थियो ।

    डि.जी लिङकले शुक्लागडण्की नगरपालिका भरि भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, म्यादे गाउपालिका र कास्कीको पोखरा माहानगरपालीको केहि क्षेत्रमा इन्टरनेट सेवा प्रदान गदै आइरहेको छ । डि.जी लिङक नेटवर्क यस क्षेत्रकै उत्कृष्ट सेवा प्रदायक रहेको कम्पनिका प्रबन्ध निदेशक विवेक वाग्लेले बताए ।

    विश्वमा रहेका नविनतम प्रविधि प्रयोग गरि आफना ग्राहकलाई उचित मुल्यमा उत्कृष्ट इन्टरनेट सेवा दिन आफूहरु प्रतिबद्ध रहेका कम्पनीका सचांलक निर्देशक मदन केसीले बताए । संस्थाका अध्यक्ष विपिन वाग्लेले कम्पनीलाई यस स्थान सम्म ल्याइपुर्याउन सहयोग गर्ने सम्पूर्णलाई कृतज्ञ व्यक्त गर्नुका साथै आगामी दिनमा पनि सबैको यसै गरि साथ सहयोग रहने अपेक्षा गरेको बताए ।