अम्रेनी दुर्घटना : आज पनि पृथ्वीराजमार्ग अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अम्रेनी दुर्घटना : आज पनि पृथ्वीराजमार्ग अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २१ जेष्ठ २०८१, मंगलवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा सोमबार ट्याङ्करको ठक्करबाट मृत्यु भएका २९ वर्षीय प्रविण कैनीका आफन्तजनले आज पनि राजमार्ग अवरुद्ध गरेका छन् ।

    सोमबार भएको दुर्घटनामा मृत्यु भएका कैनीका आफन्तजनले आज १२ः३० देखि पुनः राजमार्ग अवरुद्ध गरेका हुन् । हिजो दिउँसो ३ बजेदेखि राजमार्ग अवरुद्ध भएकामा चार बुँदे सहमतिसँगै राति १० बजेदेखि बाटो सुचारु भएको थियो ।

    छलफलबाट चिनियाँ प्रोजेक्ट म्यानेजरसँग थप वार्तामा बस्ने, ट्याङ्कर चालकलाई हदैसम्मको कारबाही गर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्ने, दुर्घटनास्थलमा माटो हालेर पुर्नेलाई कारबाही गर्ने सहमति भएपनि सहमति कार्यान्वयन नभएको भन्दै पीडित आन्दोलनमा उत्रिएका हुन् ।

    दमौलीबाट घाँसीकुवातर्फ जाँदै गरेको ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग १९ प ८३०३ नम्बरको मोटरसाइकललाई ब्याक गरेर ठक्कर दिएको थियो । दुर्घटनामा कैनीको घटनास्थलमै मृत्यु भएको थियो ।