भारतको लोकसभा निर्वाचनमा ५४३ स्थानकै नतिजा आउँदा कसले कति जिते?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतको लोकसभा निर्वाचनमा ५४३ स्थानकै नतिजा आउँदा कसले कति जिते?

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८१, बुधबार

    काठमाडौ । भारतमा सम्पन्न लोकसभा निर्वाचनको सबै चुनाव क्षेत्रको परिणाम सार्वजनिक भएको छ।

    हिन्दुस्तान टाइम्सका अनुसार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए गठबन्धन) ले २९५ सिट जितेको छ। त्यस्तै कंग्रेस आईले नेतृत्व गरेको प्रतिपक्षी इन्डिया गठबन्धनले २३१ सिट जितेको छ। अन्य पार्टीहरूले १७ सिट जितेका छन्। 

    भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनले अघिल्लो पटक ३५२ स्थान जितेको थियो। उसले अघिल्लो पटक एक्लै ३०३ सिट जितेको थियो। यसपटक उसले ६१ स्थान गुमाएको छ।

    कंग्रेस आईले सन् २०१९ को निर्वाचनको तुलनामा उल्लेख्य सुधार गरेको छ। 

    कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले अघिल्लो पटक ९४ स्थानमात्र जितेको थियो। कंग्रेस आई एक्लैले ५२ स्थान जितेको थियो। अहिले ४६ सिट थपेको हो।