बजेटमा केही विषय छुटेका छन्, त्यसमा सरकारको ध्यान जाओस् : सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बजेटमा केही विषय छुटेका छन्, त्यसमा सरकारको ध्यान जाओस् : सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८१, बुधबार

    काठमाडौ । बारा-४ का सांसद कृष्णकुमार श्रेष्ठले आगामी वर्षको बजेटमा धैरै कुरा समेटिएपनि केही विषय छुटेकाले सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको संसद बैठकमा छलफलमा भाग लिँदै सांसद श्रेष्ठले बजेट समाजवाद उन्मुख रहेको बताए ।

    देशकै गेमचेन्जर मानिएको निजगढ अन्तराष्ट्रिय विमानस्थल र फास्टट्र्याकलाई बजेटमा समावेश गरिएको र त्यो स्वागतयोग्य रहेको उनले बताए । बजेटमा मधेशका धेरै महत्वपूर्ण विषय समेटिएपनि औद्योगिक महत्वलाई कम ऑकलन गरिएको उनको भनाइ छ ।

    मधेशका दक्षिणी भेगका मानिसहरु वर्षौदेखि खानेपानीको अभावमा तड्पिरहेकाले खानेपानी समस्यामा गम्भीर हुन श्रेष्ठले सरकारलाई आग्रह गरे । ‘विशेषगरी बारा-४ का धेरै ठाउँमा खानेपानीको चरम अभाव छ, तर सरकारले खानेपानी समस्यालाई सतही रुपमा लिएको प्रष्ट भएको छ ।’